मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘क्रिटिक्स अवार्ड’मा केकी, रिश्मा र प्रियंका उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2017/11/22
 
नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरेको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो । 
 
 
२०७३ सालमा रिलिज भएका फिल्महरुमध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा) उत्कृष्ट घोषित भए । 
 
 
२०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन  शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिश्मा गुरुङ (कबड्डी कबड्डी) ले अवार्ड प्राप्त गरे ।  
 
 
यस्तै, २०७१ सालमा सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) ले अवार्ड जित्न सफल भए । 
 
 
समीक्षकहरुका नजरमा उत्कृष्ट ठहरिएका फिल्म र कलाकारहरुलाई अवार्ड वितरण गरिएको समाजका अध्यक्ष यज्ञशले जानकारी दिए । उनले भने, ‘नेपालमा निर्माण भइरहेका राम्रा कथा र संस्कृति बोकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेका हौं ।’