मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाँध मायाले’मा आर्यन र श्रृष्टीको जोडी बाँधियो

फिल्मीखबर, काठमाण्डौ, 2017/11/22
 
अन्ततः नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको जोडी फिल्म ‘बाँध मायाले’मा बाँधिने कन्फर्म भएको छ । यसअघि फिल्मको नाम 'सँग-सँगै' रहने चर्चा थियो तर फिल्म यूनिटले चलचित्र विकास बोर्डमा 'कसो कसो माया बस्यो' नाम दर्ता गर्‍यो । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्देशक सविर श्रेष्ठले फिल्मको नाम ‘बाँध मायाले’ रहने बताएका थिए । फिल्मका लागि तीनवटा नाम जुराइएपनि ‘बाँध मायाले’ लाई निर्माण पक्षले लक गरेको छ । फिल्मको छायांकन यसै सातादेखि नवलपरासीबाट सुरु हुँदैछ । 
 
लेखक समेत रहेका निर्देशक श्रेष्ठले ‘बाँध मायाले’लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेका छन् । ‘लामो तयारी पछि हामी सुटिङमा निस्किएका हौं’, निर्देशकश्रेष्ठले भने, ‘दर्शकले चाहे जस्तो फिल्म बनाउँछु ।’ फिल्मपूर्ण रुपमा लभ स्टोरी बन्ने सविरको भनाई छ । निर्देशक श्रेष्ठको काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने ‘बाँध मायाले’का निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ निर्माता हुन् । 
 
सह-निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल छन् । बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । फिल्ममा आर्यन र श्रृष्टीसँगै राजाराम पौडेल, विशाल चाम्लिङ, किशोर खड्काको अभिनय रहनेछ ।