मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रजनीको कम्मरमा बाह्र हाते ‘पटुकी’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/22
 
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पटुकी’को शिर्ष गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको ‘पटुकी-पटुकी’ गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत छ । गायिका अन्जु पन्तले राजनलाई गायकीमा साथ दिएकी छिन् । म्याक्तेन कालुको यसमा शब्द छ ।
 
पछिल्लो समय गीतसंगीतका कारण पनि फिल्मको व्यापार आक्रामक देखिएको अवस्थामा 'पटुकी'लाई पनि यो गीत दर्शक तान्ने फर्मुला बन्ने पक्का छ । यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् । 
 
फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । ‘पटुकी’मा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।
 
गीत हेर्नुहोस् :-