मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पद्मावती’लाई आमिर र शाहरुखको समर्थन

एजेन्सी, मुम्बई, 2017/11/22
 
सञ्जयलीला भंसालीको नयाँ फिल्म ‘पद्मावती’ केहीदिन यता निकै विवादमा तानिएको छ । लामो समयदेखि फिल्मको प्रदर्शनलाई लिएर भएको विरोध दिन प्रतिदिन बढ्दै गएको छ । यस विषयमा सेलिब्रिटीले पनि हरेकदिन आफ्नो विचार राखिरहेका छन् । 
 
‘पद्मावती’को चर्को विरोधका बीच बलिउडका दुई सुपरस्टार आमिर खान र शाहरुख खानले आफ्नो मुख खोलेका छन् । यी दुईले फिल्मको समर्थन गरेका छन् । डीएनएको खबरका अनुसार, जतिबेला आमिर खानले दीपिका पादुकोणको शिरको मूल्य ५ करोड तोकिएको खबर सुने तब उनले तुरुन्त दीपिकाको विषयमा जानकारी लिन उनलाई फोन गरे । आमिर दीपिकालाई लिएर निकै चिन्तित बनेका छन् ।
 
आमिरले फोनमार्फत दीपिकालाई आफ्नो आवश्यकता परे सधै मद्दत गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । यस्तै, शाहरुख खानले पनि दीपिकासँग फोनमा झण्डै आधा घण्टा कुराकानी गरेका छन् । बलिउडसँगै हलिउड स्टार्सले पनि दीपिकालाई समर्थन गर्दै सोसल मिडियामा ट्विट गरेका छन् । 
 
फिल्मको रिलिजलाई लिएर भएको विवादमा दीपिका पादुकोण र सञ्जयलीला भंसालीलाई शिर र नाक काटने धम्की मिलेको छ, जसका कारण उनीहरुको सुरक्षा बढाइएको छ । ‘पद्मावती एक पीरियड ड्राम हो, जसमा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन् । फिल्ममा पादुकोणले रानी पद्मावतीको भूमिका निर्वाहा गरेकी छिन् ।