मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'राज्जा रानी' मैथिली भाषामा पनि रिलिज हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2017/11/22
 
नायक नाजीर हुसैन र नायिका केकी अधिकारी स्टारर फिल्म 'राज्जारानी' मैथिली भाषामा पनि देशभर रिलिज हुने भएको छ । निर्माता रमेश एमके पौडेलका अनुसार, आगामी पुष २१ गते नेपालीसहितको भाषामा देशव्यापी प्रदर्शन हुन लागेको हो । 
 
पहिलोपटक क्षेत्रीय भाषामा फिल्म प्रदर्शन हुन लागेको हो । मैथिली रिलिजका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकार समेत लिने गरि २० लाख रुपैयाँमा सम्झौता गरेको छ । पत्रमा भोर प्रमुख कार्यकारी अधिकृत राजकुमार महतो र निर्माता पौडेलबीच सहमति भएको छ । 
 
मैथिली खासगरि मिथिला क्षेत्र (जनकपुर र मधेश)मा बोलिने क्षेत्रीय भाषा हो । निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली फिल्मको पहुँच वृद्धि गर्नका लागि यस्तो कदम लिइएको बताए । ‘यसले देशभित्रै बजार सिर्जना गर्ने विश्वास लिएका छौं’, उनले भने । यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् ।
 
ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय छ ।