मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘स्टूडेन्ट अफ द ईयर २’ मा यस्ता देखिए टाइगर !

एजेन्सी, मुम्बई, 2017/11/21
 
फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ को पोस्टर सार्वजनिक भएको छ । धर्मा प्रोडक्शनको ब्यानरमा बन्न लागेको यो फिल्ममा टाइगर श्राफ लिड रोलमा छन् । पोस्टरमा एडमिशन ओपन २०१८ भनेर लेखिएको छ । भारतीय मिडियाका अनुसार, यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ । 
 
टाइगरकी हिरोइन अझैसम्म कन्फर्म भइसकेको छैन । तर, खबरलाई आधार मान्ने हो भने फिल्ममा उनको अपोजिटमा दिशा पाटनी हुन सक्छिन् । चंकी पान्डेकी छोरी अनन्या पान्डेपनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । ‘स्टूडेन्ट अफ द ईयर’ २०१२ मा आएको थियो । यसलाई करण जोहरले निर्देशन गरेका थिए । 
 
फिल्मबाट वरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले बलिउडमा डेब्यु गरेका थिए । ‘स्टूडेन्ट अफ द ईयर २’लाई भने पुनीत मल्होत्राले निर्देशन गर्दैछन् । पुनीतले यसअघि 'आई हेट लव स्टोरीज' र 'गोरी तेरे प्यार में' निर्देशन गरेका थिए ।