मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पटकथा लेख्न सिकाउन ‘सत्याग्रह’ लेखक नेपाल आउने

फिल्मीखबर, काठमाण्डौ, 2017/11/21
 
बलिउड फिल्मका चर्चित लेखक अन्जुम राजाबली काठमाण्डौ आउने भएका छन् । दुईदिने पटकथा लेखन सम्बन्धि प्रशिक्षणका लागि उनि काठमाडौं आउने भएका हुन् । कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आउन लागेका राजाबलीले प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा दुईदिन पटकथा लेखनका विविध आयाम बारे जानकारी गराउनेछन् ।
 
एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले राजाबलीले डिसेम्बरको १४ र १५ गते पटकथा सम्बन्धि प्रशिक्षण दिने बताएका छन् । ‘विगत एक वर्षदेखि हामी राजाबलीको समयको पर्खाइमा थियौं । अन्ततः उहाँले दुई दिनका लागि प्रशिक्षण दिने समय मिलाउनु भएको छ । यसले पटकथा लेखनमा रुचि राख्ने धेरैलाई फाइदा हुने विश्वास लिएका छौं,’ पुरीले भने ।
 
२० वर्षदेखि बलिउड फिल्ममा पटकथा लेखकको रुपमा सक्रिय राजाबलीले गोविन्द निहलानी निर्देशित फिल्म ‘द्रोहकाल’बाट सहायक लेखकको रुपमा लेखन थालेका थिए । उनले प्रकाश झा निर्देशित’राजनीति’, ‘सत्याग्रह’, ‘आरक्षण’, ‘चक्रब्युह’सँगै ‘पुकार’, ‘कच्चे धागे’ जस्ता फिल्ममा पटकथा लेखन गरेका छन् ।
 
राजाबली सुभाष घईको फिल्म स्कुल ‘ह्विसलिङ वुड्स’सँगै  ‘पुना फिल्म कलेज’मा पनि पटकथा लेखन पढाउँछन् । दुईदिन प्रशिक्षणका समयमा उनले कथा चयनदेखि कथाको विकासक्रमका विभिन्न चरणको बारेमा जानकारी बाँड्नेछन् ।