मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अझै अन्योलमा हो ‘कृ’ रिलिज ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/20
 
यतिबेला चर्चा नायक अनमोल केसी स्टारर फिल्म ‘कृ’को मात्र छ । झण्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका कारण पनि उनी अभिनीत यो फिल्म छायांकन अगावैदेखि प्रतिक्षीत बनेको थियो । अनमोल पनि अब दर्शकको प्रतिक्षाको घडी लम्ब्याउन चाहन्नन् । बारम्बार प्रदर्शन मिति घोषणा भएपनि पोस्टपोन्ड हुँदै आएको यो फिल्म अब माघ २६ गते प्रदर्शनमा आउने तयारीमा छ । 
 
हाल धम्पुस लगायतका ठाउँमा अन्तिम सेड्युलको छायांकन भैरहेको ‘कृ’सँग यो मितिमा दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म 'कान्छी' पनि प्रदर्शनमा आउँदैछ । ‘कृ’ले माघ २६ गतेलाई प्रदर्शन मिति ताकेपछि सिनेवृतमा ठूलै तरंग उत्पन्न भएको छ । यो मिति फिल्मका निर्माता सुवास गिरीले फेसबुकमार्फत घोषणा गरेका हुन् । सुवास र नायक भुवन केसीले संयूक्त रुपमा ‘कृ’ निर्माण गरेका हुन् । तर, नायक केसीको एक फेसबुक पोष्टले अझै ‘कृ’ रिलिज अन्योलमा रहेको प्रश्न उब्जाएको छ । 
 
खासमा, उनले आफ्नो आधिकारीक फेसबुक पेजमा एक तश्वीर राख्दै KRI Coming Soon. भनेर लेखेका छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने अझैसम्म फिल्मको औपचारिक प्रदर्शन मिति तय भइसकेको छैन । नभए, भुवनलाई ‘कृ’ माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ भनेर लेख्न कुनै अप्ठ्यारो नहुनु पर्ने हो ? यसले पनि ‘कृ’ रिलिज माघ २६ मा आउँछ वा आउँदैन भन्ने अन्योल श्रृजना भएको छ । तर, निर्माता सुवास गिरी फिल्म माघ २६ गतेबाटै देशव्यापी प्रदर्शनमा दाबी गर्छन् । 
 
 
निकट स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, निर्माता केसी अहिलेका चर्चित नायक प्रदीप खड्का अभिनीत फिल्म 'लिलिबिली'सँग ‘कृ’ जुधाउन चाहिरहेका छन् । प्रदीपले केही नजिकका व्यक्तिहरुसँग ‘अनमोललाई अभिनय गर्न आउँदैन’ भन्ने खालका अभिव्यक्ति दिएपछि भुवन आगो भएका थिए । उनी प्रमाणित गर्न चाहन्छन् आफ्नो छोरा अनमोल नम्वर वान कि प्रदीप खड्का । यही कारण उनी प्रदीपको फिल्म 'लिलिबिली'सँग ‘कृ’ जधाउने मनसायमा छन् । 
 
प्रदीपले पनि आफ्नो फिल्मसँग ‘कृ’ जुधाउन नदिन निर्माता सुवास गिरीको फिल्म 'भैरवी' साइन गरेको चर्चा सिनेवृत्तमा छ । २० प्रतिशतभन्दा बढी छायांकन सम्पन्न भैसकेको प्रदीपको 'लिलिबिली' चैत अन्तिममा प्रदर्शन आउने स्रोत बताउँछ । ‘कृ’ले माघ २६ त्यागे फिल्म 'कान्छी'लाई ठूलो राहत मिल्नेछ भने 'लिलिबिली'सँग भिडन्त गरे अर्को महासंग्रामको चर्चा सुरु हुनेछ ।