Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’ हुँइक्याउने मिति

फिल्मीखबर, काठमाण्डौ, 2017/11/20
 
नायिका केकी अधिकारी हरेक फिल्म र भूमिकालाई पर्दामा परिपक्व तरिकाबाट निर्वाहा गर्न खप्पिस छिन् । 'स्वर' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी केकीले पहिलो पटक फिल्म निर्माणमा हात हालेकी छिन् । ‘कोहलपुर एक्सप्रेस’बाट उनी निर्मात्री बन्दैछिन् । हाल यो फिल्मको छायांकन बाँके जिल्लामा धमाधम धैरहेको छ । 
 
पछिल्लो समय नेपाली निर्माताहरु सोलो रिलिजको मौका छोप्दै सुटिङ अगावै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने गर्छन् । केकीले पनि यही बाटो पछ्याएकी छिन् । २२ औं दिनमा छायांकन भैरहेको फिल्मको सुटिङ सेटबाटै केकीले आफ्नो आधिकारीक फेसबुकमार्फत ‘कोहलपुर एक्सप्रेस’लाई २०७५ को बैशाख १४ गते प्रदर्शन गर्ने उद्घोष गरेकी छिन् । 
 
 
विशाल भण्डारी निर्देशित यो फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । केकीको होम प्रोडक्शन हाउस 'जुनकिरी आर्टस्' बाट निर्माणधिन ‘कोहलपुर एक्सप्रेस’मा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ । 
 
केकीका अलावा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई फिल्मको निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । 
Most Visited News (monthly)