मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन र श्रृष्टीको फिल्मको नाम तीनवटा, कुनमा बन्ला ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/20
 
'के म तिम्रो होइन र' बाट नेपाली रजटपटमा भित्रिएका सिक्स प्याक हिरो आर्यन अधिकारी अहिलेका हट केक हुन् । डेब्यु फिल्मबाट सम्भावना बोकेको नायकको रुपमा हेरिएको आर्यनले प्रियंका कार्कीसँग 'बटरफ्लाई', अशिष्मा नकर्मीसँग 'जस्मिन' फिल्ममा काम गरिसकेका छन् । अब उनले पूर्व मिस नेपाल तथा 'गाजलु' डेब्यु गर्ल श्रृष्टी श्रेष्ठसँग पनि रोमान्स गर्ने भएका छन् । 
 
यसअघि आर्यन र श्रृष्टीले स्क्रिन शेयर गर्ने फिल्मको नाम 'सँग-सँगै' राखिएको थियो । यस विषयमा औपचारिक जानकारी भने निर्माण पक्षले दिएको थिएन । हालैमा चलचित्र विकास बोर्डमा फिल्मको नाम 'कसो कसो माया बस्यो' दर्ता गरिएको छ । तर, फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्देशक सविर श्रेष्ठले 'बाँध मायाले' नाममा फिल्म निर्माण हुने जानकारी दिए । 
 
निर्देशक सविरले भने, 'हामीले सबैभन्दा अगाडि सोचेको नाम चाहिं 'सँग-सँगै' हो तर चलचित्र विकास बोर्डमा भने हामीले 'कसो कसो माया बस्यो' नाम दर्ता गर्‍यौं । यही वर्किङ टाइटलमा फिल्म बनाउने छौ । तर, फिल्म रिलिज भने 'बाँध मायाले' नाममा हुनेछ । आजै हामी यो नाम चलचित्र विकास बोर्डमा दर्ता गर्दैछौ ।' उनका अनुसार, बिहीवारबाट फिल्मको छायांकन सुरु हुनेछ । 
 
अर्जुन पोखरेको संगीत र बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा आर्यन र श्रृष्टीका अलावा राजाराम पौडेल, किशोर खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । रामहरी धिताल, सविर श्रेष्ठ, बद्री प्रसाद लामिछाने निर्माता रहने फिल्मको छायांकन नवलपरासी लगायतका ठाउँहरुमा हुनेछ ।