मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आशिकी’ हिरोको राजनीतिमा डेब्यु

फिल्मीखबर, काठमाण्डौ, 2017/11/20
 
राजनीति र बलिउडको धेरै पुरानो मित्रता छ । अमिताभ बच्चन, जया बच्चन, शत्रुघ्न सिन्हा, रेखा र अनुपम खेर जस्ता कलाकारले फिल्मसँगै राजनीतिमा पनि आफ्नो पाइला अगाडि बढाइसकेका छन्, तर यीमध्ये केही कलाकारले मात्र फिल्मसँगै राजनीतिमा पनि आफ्नो छाप छोड्न सफल भएका छन् । अब यो भिडमा अर्को नाम जोडिएको छ । 
 
खासमा, फिल्म ‘आशिकी’बाट चर्चित भएका एक्टर राहुल रोयले बीजेपी ज्वाइन गरेका छन् । रोय केन्द्रिय मन्त्री विजय गोयलको आग्रहमा बीजेपी प्रवेश गरेका हुन् । रोयले भने, ‘यो दिन मेरो लागि निकै महत्वपूर्ण छ र यसका लागि पार्टीलाई धन्यवाद दिन चाहन्छु ।’ 
 
४९ वर्षका रोयले २२ वर्षमा १९९० को सुपरहिट फिल्म ‘आशिकी’ बाट बलिउडमा डेब्यु गरेका थिए । उनले ‘जुनून’ र ‘फिर तेरी कहानी याद आई’ जस्ता फिल्ममा काम गरेका छन् । 
 
उनी लोकप्रिय टिभी कार्यक्रम ‘बिग बोस’ को पहिलो सिजनका विजेता समेत हुन् । राहुल रोयले अगाडि भने, ‘म भारतको विकासका लागि योगदान दिन तयार छु र पार्टीले दिएको कुनैपनि कामको जिम्मेवारी लिन तयार छु ।’