.jpg)
फिल्म 'लुट २' मा बैंक लुट्ने योजना बनाएका नायक कर्मा शाक्य फिल्म 'लभ साशा'मा नायिका केकी अधिकारीको प्रेममा दिवाना भए । यस्तै, शुक्रवारबाट सोलो रिलिजमा उत्रिएको फिल्म ‘झ्यानाकुटी’मा भने कर्मा विल्कुलै नयाँ अवतारमा देखिएका छन् । तपाई आफैं एकपटक आश्चर्यमा पर्नुहुनेछ किनकी पर्दामा प्रायः लभर व्वाईको भूमिकामा देखिने कर्मा यो फिल्ममा भने झाँक्री बनेका छन् ।
फिल्ममा कर्माको पनि अभिनय रहेको खबर बारम्बार बाहिर आएपनि उनको भूमिका भने लुकाइएको थियो । अन्ततः फिल्मकी निर्मात्री नीशा अधिकारीले शुक्रवार आफ्नो आधिकारीक फेसबुकमार्फत कर्माको लुक्स सार्वजनिक गरेकी छिन् । पोष्टरबाट के प्रष्ट हुन्छ भने फिल्ममा उनले झाँक्रीको भूमिका निर्वाहा गरेका छन् । जे होस्, झाँक्रीको अवतारमा पनि कर्मालाई निकै 'ह्यान्डसम' देखिएको छ ।
सिमोस सुनुवारले निर्देशन गरेको फिल्मलाई नायिका नीशा अधिकारी र सिमोसले संयूक्त रुपमा निर्माण गरेका हुन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको ‘झ्यानाकुटी’मा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।

