मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुपर गोर्खे’ गीत : सचिनको प्रेममा ऋचा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/18
 
नायिका ऋचा सिंह ठकुरीले निर्माण र अभिनय गरेको फिल्म ‘सुपर गोर्खे’मा समावेश ‘तिमी नै हौ’ बोलको रोमान्टिक गीतको भिडियो रिलिज भएको छ । तारा प्रकाश लिम्बुको संगीत, ज्ञानेन्द्र ताम्लिङको शब्द रहेको गीतमा गायिका रजनी रिमाललाई संगीतकार लिम्बुले साथ दिएका छन् । 
 
रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा ऋचा सिंह र नव-नायक सचिन केसी फिचरिङ छन् । राज थापा निर्देशित फिल्म ‘सुपर गोर्खे’मा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राजथापाको अभिनय रहेको छ । 
 
किरण माईकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापा रहेका छन् । विवाहपछि ‘सुपर गोर्खे’मार्फत कमब्याक गरेकी ऋचाको यो फिल्म मंसिर २९ देखि देशभर लाग्दैछ । 
 
गीत हेर्नुहोस् :-