मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकाको नाक काट्ने धम्की

एजेन्सी, मुम्बई, 2017/11/18
 
‘पद्मावती’ विवादमा अभिनेत्री दीपिका पादुकोणलाई करणी सेनाको तर्फबाट नाक काट्ने धम्की मिलेको छ, जसले गर्दा मुम्बई पुलिसले उनको सुरक्षा बढाएको छ । प्राप्त जानकारी अनुसार, अहिले दीपिकाको मुम्बईस्थित घर र कार्यालयमा सुरक्षा उपलब्ध गराइएको छ । 
 
बिहीवार राजपूत करणी सेनाको प्रमुख सिंह मकरानाले दीपिकाको नाक काट्ने घम्की दिएका हुन् । उनले एक भिडियोमार्फत भने, ‘राजपूत कहिलेपनि महिलाहरुमाथी हात उठाउँदैन तर आवश्यक परेको खण्डमा दीपिकाको साथ त्यही गर्नेछौ जो लक्ष्मणले शूर्पणखामाथी गरेका थिए ।’ 
 
विवादलाई मध्यनजर गर्दै महाराष्ट्र सरकारले भंसालीको सिक्योरिटी कभर पनि बढाएको छ । भंसालीको घर र जुहू स्थित आफिसको बाहिर सयौं पुलिस खटाइएको छ । अहिले भंसालीलाई दुई गनम्यान २४ सै घण्टाका लागि उपलब्ध गराइएको छ । 
 
यो सुरक्षा भंसालीलाई तबसम्म दिइनेछ जबसम्म उनीमाथी खतरा रहनेछ । यसका साथै भंसालीको घर र उनको अफिसको बाहिर पुलिस पेट्रोलिङ पनि बढाइएको छ ।