मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लुट २’ हेर्न पाउनुभएन ? युट्युबमै सार्वजनिक भयो पूरै फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2017/11/17
 
गएको वर्षको हिट फिल्म ‘लुट २’ लाई युट्युबमा रिलिज गरिएको छ । केहीदिन अगाडि फेसबुकमार्फत पूरै फिल्म लिक भएको थियो । विदेश प्रदर्शन पाइरेसीका कारण चौपट भएपछि फिल्मलाई डिजिटल तथा अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार प्राप्त संस्था हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलमार्फत शुक्रवार साँझ ‘लुट २’ रिलिज गरेको हो । 
 
यस्तै, फेसबुकमा फिल्म लिक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्ला स्थायी घर भई हाल काठमाडौंको चाबहिलमा बस्दै आएका ३७ वर्षिय रामनाथ सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । यो सँगै उनि विरुद्ध प्रतिलिपी अधिकार उल्लंघन कानुन अन्तर्गत मुद्दा दर्ता भएको छ । सुनुवार विरुद्ध निर्माता माधव वाग्लेसँगै हाइलाइट्स नेपाल र नेट टिभीको तर्फबाट ३० लाख क्षतीपुर्ती दाबी सहित जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ । 
 
गएको वर्ष यो फिल्मले झण्डै ७ करोडको विजनेश गरेको छ । निश्चल बस्नेतले निर्देशन गर्ने यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो फिल्मले दर्शकबाट भने खासै उत्कृष्ट प्रतिक्रिया बटुल्न सकेको थिएन । 
 
रिलिजको केहि घण्टामै फिल्मलाई ३० हजार बराबरले हेरिसकेका छन् । नेपाली हलमा सर्वाधिक विजनेस गर्न सफल ‘लुट २’ देश तथा विदेशमा अन्य धेरै दर्शकको प्रतिक्षित फिल्म थियो ।
 
पूरै फिल्म हेर्नुहोस् :-