मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फिल्म खिच्न नेपालमा भित्रियो ‘एइठ्-के’ क्यामेरा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/17
 
‘पशुपतिप्रसाद’ फेम निर्देशक दीपेन्द्र के. खनाल र ‘लभ लभ लभ’का नायक सुरज पाण्डेले नेपालमा अत्याधुनिक क्यामेरा भित्राएका छन् । बिहीवार एक कार्यक्रम गर्दै दीपेन्द्र र सुरजले संयूक्त रुपमा रेडको ‘एइठ्-के’ क्यामेरा लञ्च गरे । पछिल्लो समय ‘फोर-के’ क्यामेराले नेपाली फिल्म खिच्ने गरिन्थ्यो । 
 
उच्च एट-के रेजुलेसन, उच्च डाईनामिक रेन्ज, अल्ट्रा लो लाईट छायांकन, लाईट वईट क्यामेरा, ताररहित सेटअप, इन बुल्ट माईक, रि-फ्रेमिङ यस क्यामराका विशेषताहरु रहेको निर्देशक खनालले जानकारी दिए । क्यामेरामा प्राइम सेट १८.५ एम.एम, २५ एम.एम, ३६ एम.एम, ५० एम.एम, ५० एम.एम र ८५ एम.एम फोकस लेन्थमा लेन्स पनि उपलब्ध छन् ।
 
 
सेलेर एच.एस. जर्मनी लेन्सका विशेषताहरुमा आकर्षक लुक्स, हाई स्पिड प्राइम सेट, दिप्थ अफ फिल्ड, अनकोटेड सिनेमा प्राइम, आकर्षक सार्पनेस र कन्ट्रास्ट, सानो तर आकर्षक साइज, फुल फ्रेम लगायत छन् । यसको नेपाल मूल्य ९५ लाख पर्छ । यो क्यामेराले न्यून प्रकाशमा पनि स्पष्ट दृश्य खिच्न सक्छ ।