मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हामी देशको नक्कली गहना होइनौं : निखिल

फिल्मीखबर, काठमाण्डौ, 2017/11/17
 
प्रदेश र संघको निर्वाचनले यतिबेला देश तातेको छ । विशेषगरी नयाँ प्रयोग भएकाले प्रदेशसभाको निर्वाचनको विषयमा विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् । अझ प्रदेशको मुख्यमन्त्रीको विषयमा त झन् चिया पसलमा समेत व्यापक गाईंगुई सुनिन्छ । यो चुनावबाट नेपाली चलचित्र क्षेत्रपनि अछुतो रहन सकेको छैन । विभिन्न पार्टीसँग आस्था राख्ने चलचित्रकर्मीहरु अहिले आफ्नो उम्मेदवारलाई जिताउन घरदैलो कार्यक्रममा राम्रै दौडिरहेका छन् । 
 
शुक्रवार प्रतिनिधीसभाको लागी काठमाडौं क्षेत्र नं. ७ का उम्मेदवार, फिल्म निर्माता तथा हल व्यवसायी रामबीर मानन्धरद्वारा आयोजित ‘नेपाली चलचित्र क्षेत्रको समस्या र चुनौती’ विषयक छलफल कार्यक्रममा विभिन्न चलचित्रकर्मीले नेपालको अस्थीर राजनीतिका कारण चलचित्र क्षेत्रको विकास हुन नसकेको गुनासो पोखे । 
 
एमाले निकट मानिने नायक निखिल उप्रेतीले देशको समृद्धि बाम गठबन्धनबाट हुने बताउँदै नेपालमा दुईवटा मात्र पार्टीले देश चलाउनु पर्ने बताए । उनले भने, ‘हामीले हाम्रो भावी पुस्तालाई राम्रो राजनीतिक देश दिनु पर्छ । संसारका विकशित भनिएका देशमा मात्र दुईवटा पार्टी छन् । हाम्रो हात पनि दुईवटा छ । त्यसैले नेपालको मुहार फेर्न पनि अब दुईवटा पार्टी मात्र आवश्यक छ ।’
 
‘देशको अवस्था राम्रो छैन भने हामीले आफ्नो सन्तानका लागि जति नै कमाएपनि दुई दिन पनि टिक्दैन । त्यसैले पहिला हामीले देश राम्रो बनाउनु पर्छ ।’, उनले भने । 
 
निखिलले अगाडि थप्दै भने, ‘हामीलाई सधै राष्ट्रको गहना भन्ने गरिन्छ तर गहना भनेको गर्मी भएपछि फुकालिन्छ र धेरै पटक फुकालिएको छ यो राजनीतिक गहना । हामीलाई केही दिनका लागि गहना भएर टल्कनु पनि छैन । अहिलेको समयमा वर्जिनल गहना देख्न गाह्रो भएको अवस्थामा नक्कली गहनामा मात्र हामी कलाकारलाई सिमित नराखौं ।’ 
 
नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बाम गठबन्धनले बहुमत प्राप्त गरे नेपालसँगै नेपाली चलचित्र क्षेत्रले पनि मुहार फेर्ने दाबी गरे । यस्तै, काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य केशव स्थापितले कलाकार राष्ट्रको गहना नभएर देशको मेरुदण्ड भएको बताए । उनले भने, ‘म चलचित्र क्षेत्रको विकासका लागि सधै चिन्ता लिने मान्छु हुँ । मैले चुनाव जिते भने सम्पूर्ण कलाकारको सम्मान हुने काम गर्नेछु ।’ 
 
पूर्व सांसद समेत रहेका रामबीर मानन्धरले आफू चलचित्र क्षेत्रको विकासका लागि सधैकटिबद्ध रहेको बताए । उनी अष्टनारायण सिनेमा प्रा.लि.का सञ्चालक समेत हुन् ।
 
छलफलमा निर्देशक तथा निर्माता आकाश अधिकारी, निर्माता, कलाकार तथा वितरक अशोक शर्मा, निर्देशक तथा नायक सुदर्शन थापा, कलाकार केशव भट्टराई, फिल्म वितरक गोपाल कायस्थ, कलाकार उत्तम केसी, सञ्चारकर्मी नरेश भट्टराई लगायतका व्यक्तिहरुले पनि आफ्नो विचार राखेका थिए ।