मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउडका ‘ब्याड म्यान’को शिरमा ढाका टोपी

फिल्मीखबर, काठमाण्डौ, 2017/11/17
 
बलिउडका चर्चित खलनायक गुलशन ग्रोवर एक फिल्मको सुटिङका लागि हाल नेपालमा छन् । उनी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको सबैभन्दा मिल्ने साथी समेत हुन् । नाम गोप्य राखिएको गुलशन अभिनीत फिल्मको काठमाडौंको पाटन दरबार स्क्वायरमा छायांकन भैरहेको छ । 
 
गुलशनलाई नेपालमा स्वागत गर्दै नायिका मनीषाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘नेपालमा स्वागत छ मेरो प्रिय मित्र ।’ यस्तै, मनीषाको स्वागतलाई धन्यवाद दिँदै गुलशनले कमेन्टमा लेखेका छन्, ‘मेरो प्रिय साथी मनीषालाई धन्यवाद । मैले यो सुन्दर देश नेपालको संस्कृति र यहाँका यति राम्रो व्यक्तिको बारेमा तिमीबाट धेरै कुरा सिकेको छु ।’ 
 
मनीषले इन्स्टाग्राममा राखेको एक तश्वीरमा गुलशनलाई ठेट नेपाली पहिरनमा देख्न सकिन्छ । बलिउडका ‘ब्याड म्यान’ गुलशनले नीलो रंगको दौरा सुरुवाल, कालो पार्टी सुज, ढाकाको कोट र ढाका टोपी  लगाएका छन् भने आँखामा कालो चस्मा । मनीषा र गुलशनले 'क्रिमिनल', 'लज्जा'लगायत दर्जनौ फिल्ममा एकसाथ अभिनय पनि गरेका छन् । 
 
यी दुई राजधानीको कुमारी हलमा सुरु भएको एकादेशमा इन्टरनेसल सर्ट फिल्म फेस्टिभलमा पनि एकसाथ पुगेका थिए । २०७२ बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पको बखत मनीषा र गुलशनले भूकम्प पीडितका लागि भारतमा आर्थिक संकलन समेत गरेका थिए ।