मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

कस्तो चल्यो ‘मेला’ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/17
 
गएको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मेला’ आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले पहिलो हप्तामा नै लगानी सुरक्षित गरेको निर्माता हरि पन्तले जानकारी दिए । उनले भने, ‘फिल्मको व्यापारबाट म सन्तुष्ट छु । चाँडै नयाँ फिल्मको घोषणा गर्नेछु ।’ 
 
बसन्त निरौला निर्देशित यो फिल्ममा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ । फिल्मको कमेडी पाटोलाई दर्शकले निकै रुचाएका छन् । नायक सलोन बस्नेतको बढ्दो क्रेज र लोकप्रियताकै कारण यो फिल्मले सफलताको झन्डा गाड्न सफल भएको हो । दोश्रो सातामा पनि फिल्मले काठमाण्डौ र काठमाण्डौ बाहिरका केही हल नछाडेको निर्माता पन्तको भनाई छ । 
 
यस्तै, डेब्यू फिल्मदेखि मात्र असफलताको अनुहार देखेका नायक आमेश भण्डारीलाई पनि ‘मेला’बाट ठूलो राहत मिलेको छ । निर्माणपक्षका अनुसार, फिल्मको व्यापार रिलिज भएको दिनदेखि आजसम्म एउटै गतीमा छ ।