मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा २’को ५१ दिने सेलिव्रेशनमा एम्बुलेन्स दिने घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/11/17
 
असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा उत्रिएको फिल्म ‘छक्का पञ्जा २’ बिहीवारबाट ५१ औं दिनमा प्रवेश गरेको छ । यही अवसर फिल्म निर्माण टीमले राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ५१ औं दिने सेलिव्रेशन कार्यक्रम राख्दै खुसी साटासाट गर्‍यो । कार्यक्रममा फिल्मलाई सफल तुल्याउन अहोरात्र खटेका यूनिट सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 
 
 
५१ औं दिनसम्म पनि राजधानी र मोफसलका केही हलमा अझै ‘छक्का पञ्जा २’ ले दर्शकको साथ पाएको निर्देशक दीपाश्री निरौलोले बताइन् । फिल्मले हालसम्ममा साढे पन्ध्र करोडको व्यापार गरेको छ । फिल्मको ५१ औं दिने सेलिव्रेशन कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता दीपकराज गिरीले फेरि यसपटक एक ग्रामिण अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्ने घोषणा गरे ।
 
उनले भने, ‘हामी समाजिक सेवामा समर्पित हुन चाहन्छौ । हामी चाहन्छौ शहरभरी धेरैवटा ‘छक्का पञ्जा’का एम्बुलेन्सहरु गुडुन र यसरी नै एम्बुलेन्स प्रदान गर्न पाइरहुँ ।’ यसअघि ‘छक्का पञ्जा’को सफलतासँगै फिल्म यूनिटले पनौतीको एक गाउँका लागि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । 
 
 
 
उनले अगाडि थप्दै भने, ‘बाहिर जस्तोसुकै नकारात्मक कुरा चलेपनि हाम्रो टीम सधै एकसाथ रह्यो । यही कारण हामी जुटेर काम गरिरहेका छौ ।’ यस्तै, निर्देशक दीपाश्रीले ‘छक्का पञ्जा २’ ले पाएको सफलताको खुसी आफूसँग व्यक्त गर्ने शब्द नै नभएको बताइन् । उनले भनिन्, ‘दर्शकले गर्नुभएको यति ठूलो विश्वासको कारण नै ‘छक्का पञ्जा २’ ले यो सफलता हात पारेको हो । अब हामी ‘छक्का पञ्जा ३’ को तयारीमा छौ ।’ 
 
 
यो फिल्ममा स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।