मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झ्यानाकुटी’ गर्न हल छिरे सौगात र बेनिशा

फिल्मीखबर, काठमाण्डौ, 2017/11/17
 
आजबाट मंसिर महिना सुरु भएको छ । यो महिनालाई विवाहको महिना पनि भन्ने गरिन्छ । यो मौसममा धेरैको घरजम हुने गर्छ । यस्तै, आजबाट पर्दामा घरजम गर्दैछन् नायक सौगात मल्ल र नायिका बेनिशा हमाल । महिना मंसिर अनि फिल्मको नाम ‘झ्यानाकुटी’ । फिल्मको नाम अनुसार नै पर्दामा सौगात र बेनिशाको लगनगाँठो कसिएको छ । 
 
सिमोस सुनुवारले निर्देशन गरेको फिल्मलाई नायिका नीशा अधिकारी र सिमोसले संयूक्त रुपमा निर्माण गरेका हुन् ।  ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । 
 
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको ‘झ्यानाकुटी’मा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।
 
अहिले फिल्मको जुरुक्कै प्रचार शैली निकै हिट छ । ‘झ्यानाकुटी’को पोष्टरमा बेनिशाले सौगातलाई काँधमा बोकेझैं आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तश्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै मेन्सन गरेर ‘झ्यानाकुटी’ पेजलाई ट्याग गर्दै #Nov117 / #Jhyanakuti अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।