मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जान्वीको जाडो केले खान्छ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/16
 
काठमाडौंको मौसम दिन प्रतिदिन चिसिँदो छ । अन्यदिनको तुलनामा आज काठमाडौंले जाडोको अलि बढी नै माया पाएको सबैले महशुस गरेका छन् । घरमा बस्दा होस् अथवा बाहिर निस्कँदा केहीदिन यता प्रत्येकले जाडोलाई चुनौती दिने कपडा लगाएको देख्न सकिन्छ । तर, नायिका जान्वी बोहोराको पहिरन हेर्दा लाग्छ अहिले नेपालमा जेठको महिना सुरु भएको छ । 
 
बिहीवार राजधानीमा फिल्म 'भैरे'को निर्माण घोषणा कार्यक्रम राखिएको थियो । दयाहाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटीसँगै यो फिल्ममा जान्वीले पनि अभिनय गर्दैछिन् । तर, पहिरनको मामलामा जान्वीको अगाडि सुरक्षा र वर्षा ओझेलमा परे । उनको छोटो कपडाले सुरक्षा र वर्षाको चिसो छल्ने पहिरनलाई मात ख्वायो । घाँटी र अगाडिको भाग बढी खुलेको जान्वीको दिवाना बनाउने पहिरनले 'भैरे' माहोल केहीबेर गर्मीले रन्किएको थियो । 
 
जान्वीको शरीर पनि हाड र मासुले नै बनेको हो । उनलाई जाडो नलाग्ने कुरै भएन । तैपनि चिसो खप्दै आफू ‘हट’ बनेर माहोललाई तताउन सकेकोमा उनको तारिफ गर्नैपर्छ । हुनत्, उनी प्रायः सार्वजनिक कार्यक्रममा पुग्दा छोटो पहिरनमा हट बनेर नै पुग्ने गर्छिन् । त्यसैले त उनको चर्चा फिल्मबाट भन्दा पहिरनका कारणले बढी हुने गर्छ । 
 
 
धेरैजसो हिरोइनका लागि जाडो याम सबैभन्दा अप्रिय मौसम होला। किनभने जाडोमा ओठ फुट्ने, गाला फाट्ने, छाला फुस्रिनेजस्ता समस्या त छँदैछ। त्यसमाथि पातलो र छोटो लुगा लगाएर आफ्ना अंगहरु ‘एक्सपोज’ गर्न पनि मिल्दैन। त्यो भनेको उनीहरुको यौवन छोपिनुसरह हो ।
 
सामान्यतया युवतीहरु गर्मीमा अंग प्रदर्शन गर्छन् भने जाडोमा लुगा । गर्मीमा छोटो र पातलो लुगा लगाउँदा अंगहरु उजागर हुन्छन् भने जाडोमा खापका खाप लुगा । तर, सेलिब्रिटीको हकमा यस्तो नियम लागू हुँदैन ।