मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१७ वर्षपछि अनिल र माधुरी गर्दैछन् रोमान्स

एजेन्सी, मुम्बई, 2017/11/16
 
बलिउडका मिस्टर इन्डिया अनिल कपूर र धक-धक गर्ल माधुरी दीक्षितको सुपरहिट जोडी सिल्भर स्क्रिनमा फेरि एकपटक धमका मच्चाउने तयारीमा छ । अनिल र माधुरीको जोडीलाई ९० को दशकमा दर्शकले निकै रुचाएका थिए ।  यी दुईले तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया र बेटा जस्ता फिल्ममा एकसाथ काम गरेका छन् । 
 
करीब १७ अगाडि अनिल र माधुरीले फिल्म पुकारमा काम गरेका थिए । अब यो जोडी फेरि एकपटक सिल्भर स्क्रिनमा देखिँदैछ । इन्द्र कुमारले आफ्नो नयाँ फिल्म ‘धमाल’ को तेस्रो सिक्वेलका लागि माधुरीसँग सम्पर्क गरेका छन् भने उनको अपोजिटमा अनिल कपुरलाई लिड नायकमा अफर गरिएको छ । 
 
 ‘धमाल’ र ‘डबल धमाल’ पछि यो फिल्मको नाम ‘टोटल धमाल’ हुनेछ । इन्द्र कुमारले अनिल र माधुरीसँग फिल्ममा काम गर्ने सहमती भएको जानकारी दिएका छन् ।