मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा २’ ५१ औं दिनमा, कमायो कति ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/16
 
असोज ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ ५१ औं दिनमा प्रवेश गरेको छ । कात्तिक ३० गतेबाट फिल्म प्रदर्शनको ५१ औं दिनमा टेकेको हो । आज साँझ फिल्म निर्माण टीमले सफलताकोे खुसी बाढ्ने कार्यक्रम राखेको छ । फिल्मकी निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले ‘छक्का पञ्जा २’ अझैपनि राजधानी भित्र र बाहिरका हलहरुमा प्रदर्शन भैरहेको जानकारी दिइन् । 
 
वितरक कम्पनीबाट प्राप्त जानकारी अनुसार, प्रदर्शनको ५१ औं दिनसम्म ‘छक्का पञ्जा २’ले साढे पन्ध्र करोड करोड कलेक्सन गरेको छ । तपाईलाई जानकारी रहोस्, ‘छक्का पन्जा’ले प्रदर्शनको सय दिनमा साढे सोह्र करोड व्यापार गरेको थियो । ‘छक्का पञ्जा २’ले पहिलो भाग जस्तो सफलता हात पार्न नसकेको धेरै चलचित्रकर्मीको भनाई छ ।
 
निर्देशक निरौलाले सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताएकी छन् । दीपकले भने व्यापारिक सफलताभन्दा पनि अत्यधिक दर्शक कमाइ गर्न सक्नु आफूहरूका लागि सुखद रहेको टिप्पणी गरेका छन् । ‘छक्का पञ्जा २’ ले रिलिजदेखि नै हिन्दी फिल्मलाई समेत विस्थापित गरी हलमा एकछत्र व्यापार गरेको थियो । 
 
यो फिल्ममा स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् ।
 
 ‘छक्का पञ्जा २’ को सफलतासँगै निर्माता तथा नायक दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ को समेत घोषणा गरिसकेका छन् ।