मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होचा कलाकार दिपेन शाहको निधन

फिल्मीखबर, काठमाण्डौ, 2017/11/16
 
नेपालकै होचा कलाकार दिपेन शाहको बिहीवार बिहान निधन भएको छ । केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे १९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो । उनका दुवै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको बताइएको छ ।
 
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार दिपेन टेलिसिरियल ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक फिल्मबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनले 'जोकर' लगायतका फिल्ममा अभिनय पनि गरेका छन् । 
 
उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए । उनको पार्थिव शरीरलाई श्रृद्धाञ्जलीका नेपाल प्रज्ञा प्रतिष्ठानमा राख्ने र आजै पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने तयारी भैरहेको छ ।