मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतको चण्डिगढमा देखियो हमालको क्रेज

फिल्मीखबर, काठमाण्डौ, 2017/11/15
 
नेपाली फिल्म स्टार राजेश हमालको आजकाल काही कतै चर्चा सुनिन्न । झण्डै दुई दशक नेपाली फिल्ममा एकलौटी राज गरेका हमाल पछिल्लो समय कहिले श्रीमती मधु भट्टराईसँग महोत्सव त कहिले विभिन्न देशहरुको भ्रमणमा पुगिरहेका हुन्छन् । तर, फिल्ममा भने उनी केही सुस्ताएको देख्न सकिन्छ । फिल्म 'शकुन्तला'पछि हमाललाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । 
 
अहिले हमाल जोडी भारत भ्रमणमा व्यस्त छन् । केही वर्ष अगाडिसम्म मोवाइलसम्म नबोक्ने हमाल अहिले प्रत्येक दिन जसो फेसबुकमा फोटोहरु पोष्ट गर्ने गर्छन् । उनले भारत भ्रमणका पनि केही तश्वीर अपलोड गरेका छन् । हमालले फेसबुकमा एक लाइभ भिडियो राखेका छन्, जसमा उनी भारतको चण्डिगढमा आफ्ना फ्यानमाझ घेरिएका छन् । 
 
 
हमाललाई हेर्न उर्लिएको भिड (भिडियोबाट लिइएको)
 
एक कार्यक्रममा सहभागी हुन पुगेका हमाललाई हेर्न हजारौको संख्यामा नेपाली तथा भारतिय दर्शकहरु उपस्थित छन् । भारतिय भूमिमा पनि नेपाली फिल्म स्टारको यस्तो क्रेज पहिलो पटक देखिएको हो । हमाललाई दर्शकको भिडबाट छुटाएर स्टेजसम्म पुर्‍याउन बडिगार्डलाई समेत हम्मे-हम्मे परेको भिडियोमा देख्न सकिन्छ । 
 
यस्तै, उनी आफूले अङ्ग्रेजीमा एमए गरेको भारतको चण्डिगढस्थित पञ्जाब विश्वविद्यालय पनि पुगे । हमालले पञ्जाब विश्वविद्यालयको बाहिर मधुसँग उभिएको तश्वीर फेसबुकमा राखेका छन् । 
 
 
पञ्जाब विश्वविद्यालय अगाडि हमाल जोडी 
 
फिल्मको पर्दामा क्रेज घटेपनि रियल लाइफमा भने हमालको नाम नै काफी छ । उनी जहाँ पुग्छन् त्यहाँ सयौ होइन हजारौको भिड लाग्ने गर्छ । कुनै समय आकर्षक ज्यान, लामो कपाल र डरलाग्दो हुंँकार दर्शकलाई हलसम्म तान्ने हमालका हतियार थिए ।
 
६५ साल यता उनका कुनैपनि फिल्म हिट हुनसकेका छैनन् । प्राप्त जानकारी अनुसार, राजेश हमाल यसैवर्ष आफ्नै लगानी र निर्देशनमा नयाँ फिल्म निर्माण गर्दैछन् ।