मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका र प्रदीपको यो तश्वीर हेर्नुभयो ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/15
 
नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की अहिलेका हट केक हुन् । ‘लिलिबिली’बाट रेविका गुरुङलाई रिप्लेस गर्दै प्रदीपसँग रोमान्स गर्ने जब प्रियकाको निधो भयो तबदेखि त नेपाली मिडियामा कास्टिङलाई लिएर मात्र चर्चा भएको छ । कतिले प्रदीपको अगाडि प्रियंका फिट नहुने बहस चलाएका छन् त कतिले जोडी राम्रो सुहाउने तर्क पनि गरेका छन् । 
 
हल्ला र चर्चा जे-जस्तो कारणले चलेपनि प्रदीप र प्रियंकाले एकसाथ फिल्म ‘लिलिबिली’मा स्क्रिन शेयर गर्ने कन्फर्म भैसकेको छ । सोमवार प्रियंका अभिनीत फिल्म ‘ह्याप्पी डेज’को लन्डन प्रिमियरमा प्रदीपपनि उपस्थित थिए । ‘लिलिबिली’को छायांकन र ‘ह्याप्पी डेज’को प्रिमियरका लागि भन्दै निर्देशक मिलन चाम्ससहितको टोली गएको शुक्रवार लन्डन उडेको थियो । 
 
प्राप्त जानकारी अनुसार, अब यो टीम ‘लिलिबिली’ छायांकन सकाएपछि मात्र नेपाल फर्किनेछ । बेलायत र स्कटल्याण्डमा खिचिने यो फिल्ममा प्रदीपले प्रियंका र नव-नायिका जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैछन् । 
 
आज यहाँ हामी नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीको बारेमा कुरा गर्दैछौ । सम्भवतः पहिलो पटक एउटै फ्रेममा यो जोडीलाई ‘ह्याप्पी डेज’को लन्डन प्रिमियरमा दर्शकले देख्न पाए । हुनत, प्रदीपको यो फिल्ममा अभिनय छैन तर प्रिमियरमा उनीसँग सेल्फी खिच्नेको भिड थामिसक्नु थिएन । यस्तैमा यी दुईले एकअर्काको छेवैमा बसेर केही तश्वीर खिचाए, जुन हामीलाई प्राप्त भएको छ । 
 
दुवैको ओठमा मुस्कान देखिएपनि प्रियंका र प्रदीपको निकटता खासै खुल्न सकेको छैन । तश्वीर बोल्छ, ‘यी दुईको भर्खर चिनजान भएको हो त्यसैले यो जोडी अंगालोमा रमाउन अप्ठ्यारो मानिरहेका छन् ।’ के तपाईलाई यस्तो लाग्दैन ? यसअघि त तपाईले हेर्नुभएकै थियो होला प्रियंकाको अन्य नायकसँगको फोटोसेसन । 
 
 
एक तश्वीरमा भने प्रियंकाले प्रदीपको पाँखुरामा हात राखेकी छिन् । के यो तश्वीरले पनि हिरो र हिरोइन फोटो खिच्दैछन् भन्ने बताउँछ ? अहँ, यो तश्वीरमा पनि केही त कमी छ । 
 
प्रदीप भने लजालु स्वभावका नायक हुन् । त्यसैले त आफ्नै अगाडि नेपालकी सबैभन्दा हट नायिका उभिँदा पनि उनी हातमा हात बाँधेर राजा शैलीमा बसेका छन् । अब यो जोडी सुहायो वा सुहाएन भन्ने कुरा चाहिं तपाई आफैंले अनुमान लगाउनु होला ।