Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा मैले ‘रिटेक’ दिएको याद छैन : श्रीदेवी

एजेन्सी, मुम्बई, 2017/11/15
 
श्रीदेवी हरेक फिल्म र भूमिकालाई पर्दामा परिपक्व तरिकाबाट निर्वाहा गर्न खप्पिस छिन् । उनी आफूलाई एक टेकमा काम गर्ने अभिनेत्री भन्न रुचाउँछिन् । उनलाई आजसम्म फिल्ममा ‘रिटेक’ दिएको याद छैन । 
 
श्रीदेवीले एक अन्तर्वार्तामा भनिन्, ‘मलाई आजसम्म फिल्ममा एकभन्दा बढी टेक दिएको याद छैन । मेरो विचारमा पहिलो टेक सबैभन्दा राम्रो हुन्छ किनकी त्यसबेला तपाई आफैं प्रेरित हुनुहुन्छ र त्यसपछिको कोशिश सानो हुँदै जान्छ । म दोस्रो टेकमा भरोसा गर्दिन ।’ ‘चालबाज’ की अभिनेत्रीका लागि भूमिका सबैभन्दा महत्वपूर्ण कुरा हो ।  
 
श्रीदेवीले अगाडि भनिन्, ‘म भाग्यशाली हुँ । पर्दामा मलाई राम्रो भूमिका दिनुहुने लेखक, निर्देशक र निर्मातालाई धन्यवाद दिन चाहन्छु । म केवल काम गर्नका लागि फिल्म गर्दिन । घरमा पनि म निकै शान्त रहने गर्छु र मलाई यसमा निकै मज्जा आउँछ ।’
 
‘मेरा दुई छोरी छन् । यदी आफ्नो ट्रयाकबाट हटेर केही राम्रो हुन्छ भने म गर्न तयार छु ।’, उनले भनिन् । श्रीदेवीलाई आजसम्म आफूले निर्वाहा गरेको भूमिकाबाट धेरै खुसी मिलेको छैन । तर, हालसालै प्रदर्शनमा आएको फिल्म ‘मोम’ बाट भने उनले आफूबाट राम्रो काम भएको महशुस गरेकी थिइन् ।
Most Visited News (monthly)