मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘क्रिटिक्स अवार्ड’मा केकी, बिपिन र माओत्से उत्कृष्ट, ‘कालोपोथी’ उत्कृष्ट फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2017/11/14
 
नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ । आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्न लागिएको हो । 
 
प्राविधिक कारणले विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको नेपाल चलचित्र समीक्षक समाजले जारी गरेको प्रेस विज्ञप्तिमार्फत उल्लेख छ । दुई वर्षमा प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा सर्वोत्कृष्ट हुने चलचित्र, निर्देशक, कलाकार र प्राविधिकलाई समाजले अवार्ड प्रदान गर्न लागेको हो । 
 
समीक्षकहरुका नजरमा उत्कृष्ट ठहरिएका फिल्म र कलाकारहरुलाई अवार्ड वितरण गर्न लागिएको समाजका अध्यक्ष यज्ञशले जानकारी दिए । २०७३ सालमा रिलिज भएका फिल्महरुमध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले पाउने घोषणा गरिएको छ । 
 
त्यस्तै, २०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन  शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री  रिस्मा गुरुङ (कबड्डी कबड्डी) घोषित भएका छन् । 
 
२०७१ सालका विजेताको नाम यसअघिनै घोषणा भइसकेको थियो । जसअनुसार सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) उत्कृष्ट घोषित भएका थिए ।
 
‘प्राविधिक कारणले क्रिटिक्स अवार्ड घोषणा र वितरण कार्य समयमा गर्न सकेका थिएनौं । यसपटक तीन वर्षको अवार्ड एकसाथ वितरण गरिरहेका छौं,‘अध्यक्ष यज्ञशले भने,‘नेपालमा निर्माण भइरहेका राम्रा कथा र संस्कृति बोेकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेका हौं ।’