मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ठमेल बजार’ र ‘काले दाई’ फ्लेवरमा ‘शेरबहादुर’को आइटम गीत

फिल्मीखबर, काठमाण्डौ, 2017/11/14
 
माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’को आइटम गीत रिलिज भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीतको भिडियोमा नायिका मेनुका प्रधानले आइटम डान्स गरेकी छिन् भने उनलाई नायक कर्माले साथ दिएका छन् । 
 
गीतको संगीत फिल्म ‘लुट २’ मा समावेश ‘ठमेल बजार’ र ‘पर्व’मा समावेश ‘काले दाई’को फ्लेवरमा तयार भएको आभास हुन्छ । यतिमात्र होइन कोरियोग्राफी पनि यी दुई गीतको भिडियोबाट धेरै प्रभावित छ । रोचक कुरा त के छ भने ‘काले दाई’का संगीतकार कोशिश क्षेत्रीकै शब्द, संगीत र स्वरमा ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ तयार भएको हो । ‘ठमेल बजार’ र ‘काले दाई’की गायिका मिना निरौला यो गीतकी गायिका हुन् । 
 
‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्ममा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ ।
 
फिल्मका निर्माता गौरशंकर धुजुले ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित फिल्म नभएको बताए । फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्ममा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।
 
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।
 

गीत हेर्नुहोस् :-