Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नालापानी’का लागि नेपाल आर्मीको अडिसन

फिल्मीखबर, काठमाण्डौ, 2017/11/14
 
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर फिल्म ‘नालापानी’ निर्माण हुँदेछ । रिमेश अधिकारीले निर्देशन गर्ने यो फिल्मको लागि कलाकारहरुको अडिसन सुरु भएको छ । 
 
अडिसनको सुरुमा नै नेपाल आर्मीको अडिसन लिइएको छ । फिल्ममा धेरै दृश्य द्वन्द्वका हुनेछन्, जसको कारण पनि दक्ष योद्दा जरुरी छ । योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानहरुलाई नै अभिनय गराउन लागिएको निर्देशक अधिकारीले बताए । 
 
फिल्ममा युद्दका दृश्य देखाउँदा प्राकृतिक हुनु जरुरी रहेकोले पनि आर्मीबाट नै कलाकारहरु छनौट भईरहेका छन् । यद्यपी मुख्य भूमिकामा भने नेपाल आर्मीका कलाकार हुनेछैनन् । नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो फिल्म निर्माण हुने निर्माता मनोज शाक्यले बताए । 
 
 
पूर्व प्राचार्य रामराज कुवँरको पुस्तकलाई आधार मानेर बनाउन लागिएको यस फिल्ममा अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र समन अधिकारी हुन् । फिल्मको लागत ९ करोड बताइएको छ । 
 
सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । यो फिल्मलाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ ।
 
भिडियो हेर्नुहोस् :-