मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण मैले छाडें ‘लिलिबिली’ : रेविका

फिल्मीखबर, काठमाण्डौ, 2017/11/14
 
अनमोल केसी अभिनीत फिल्म 'कृ'पछि यदी कुनै स्टारको फिल्मको व्यापक प्रतिक्षा भैरहेको छ भने त्यो हो प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ । प्रदीपले २२ लाख लिएर फिल्म साइन गरेको खबरले नै ठूलो चर्चा पाएको थियो । अब चाँडै यो फिल्मको छायांकन बेलायतबाट सुरु हुँदैछ । 
 
फिल्मकी मुख्य नायिका रेविका गुरुङको भिषा नेपालस्थित बेलायती दूतावासले दुई पटक अस्वीकृत गरेपछि ‘लिलिबिली’को सुटिङ सुरु हुन ढिलाई भएको थियो । अन्ततः फिल्ममा नायिका नै चेन्ज गर्दै निर्माण टीम बेलायत प्रस्थान गरिसकेको छ । रेविका फिल्मबाट बाहिरिएपछि उनको ठाउँ नायिका प्रियंका कार्कीले लिएकी छिन् । यसको पुष्टि निर्माता मध्येका एक गोविन्द शाहीले गरिसकेका छन् । 
 
अब ‘लिलिबिली’मा प्रदीपले प्रियंका कार्की र नव नायिका जसिता गुरुङसँग रोमान्स गर्नेछन् । अहिले रेविका फिल्मबाट बाहिरिएको खबरले नेपाली मिडियामा विशेष स्थान पाएका छन् । यसैविच रेविकाले आफ्नोे आधिकारी फेसबुकमार्फत फिल्मबाट बाहिरिनुको कारण खुलाएकी छिन् । उनले आफ्नै निर्णयले ‘लिलिबिली’ छाडेको उल्लेख गरेकी छिन् । 
 
 
उनले लेखेकी छिन्, ‘म भन्न चाहन्छु कि फिल्म ‘लिलिबिली’ प्रोजेक्ट छाड्नु मेरो आफ्नो डिसिजन हो । यो फिल्मबाट म बाहिरिएपछि धेरै अफवाहहरु चले, ति मध्ये सबै सत्य छैनन् । मेरा सबै सहकर्मीहरुले मेरो स्वास्थ्य अस्वस्था सामान्य होेस् भनेर प्रतिक्षा गर्नुभएको थियो र मेरो भिषा पनि अस्वृकित हुनु एकै समयमा भयो ।  मेरो कारणले प्रोजेक्ट रोकिन सक्दैन, त्यसैले म आफैले यो निर्णय लिएकी थिएँ ।’ 
 
उनले यो स्टाटस ‘लिलिबिली’ निर्देशक मिलन चाम्सलाई ट्याग गरेकी छिन् । प्राप्त जानकारी अनुसार, अहिले रेविका जन्डिसबाट ग्रस्त छिन् । निर्देशक चाम्सहित नायिका प्रियंका कार्की र नायक प्रदीप खड्का गएको शुक्रवार नै लन्डन उडिसकेका छन् ।