मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पद्मावती’को बारेमा सलमानले खोले मुख

एजेन्सी, मुम्बई, 2017/11/14
 
सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावती’ को केही हप्तादेखि देशभरका कयौं संगठनहरुले विरोध गरिरहेका छन् । कोही फिल्मको पक्षमा उभिएका छन् भने कोही फिल्मको प्रदर्शनमा रोक लगाउन माग गर्दै सडकमा उत्रिएका छन् । यसैविच बलिउडका 'सुल्तान' सलमान खानले फिल्मलाई लिएर आफ्नो विचार राखेका छन् । 
 
सलमानले टिभी च्यानल सीएनबीसीसँग कुराकानीको क्रममा भने, ‘फिल्म हेर्नुभन्दा पहिला नै ‘पद्मावती’को बारेमा कुनैपनि तरिकाको सोच बनाउनु ठिक होइन । मलाई लाग्छ कि हामीसँग सेन्सर बोर्ड छ । सेन्सर बोर्डले यो कुराको डिसाइड गर्छ ।’ ‘खामोशी’, ‘हम दिल दे चुके सनम’ र ‘सांवरिया’ जस्ता फिल्ममा भंसालीसँग काम गरिसकेका सलमानले भंसाली एक महान फिल्म निर्माता रहेको पनि बताए । 
 
सलमानले अगाडि भने, ‘फिल्म ‘पद्मावती’ हेर्नुभन्दा अगाडि नै कुनैपनि प्रकारको फैसला गर्नु राम्रो होइन । सञ्जय लीला भंसालीले राम्रो फिल्म बनाउनुहुन्छ र उहाँको फिल्ममा कुनैपनि नराम्रो हुँदैन ।‘ 
 
यसकारण भयो विरोध 
 
फिल्म ‘पद्मावती’मा इतिहासलाई गलत तरिकाबाट देखाइएको छ । अलाउद्दीन खिलजीलाई राम्रो क्यारेक्टरको रुपमा प्रस्तुत गरिएको छ, जुन इतिहासको मुताविक गलत हो । विरोधमा उत्रिएका संगठनहरुको आरोप छ कि फिल्ममा खिलजी र पद्मावतीको बीच अन्तरंग दृश्य देखाइएको छ । 
 
‘पद्मावती एक पीरियड ड्राम हो, जसमा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन् । फिल्ममा पादुकोणले रानी पद्मावतीको भूमिका निर्वाहा गरेकी छिन् । यो फिल्म डिसेम्बर १ मा रिलिज हुने तरखरमा छ ।
 
अलाउद्दीन खिलजीको सेनाको हातबाट आफ्नो पतिको मृत्यु भएपछि रानी पद्मावतीले संकल्प गरेकी थिइन् कि उनी आफ्नो पतिको चितासँगै जल्नेछिन् । फिल्मको सुटिङको समयदेखि नै धेरै विवाद र विरोध-प्रदर्शन भएको थियो ।