मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब जापानमा ‘ऐश्वर्य’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/14
 
यस वर्षको हिट फिल्म ‘ऐश्वर्य’ले अब विदेश प्रदर्शन सुरु गर्ने भएको छ । फिल्मको पहिलो विदेश प्रदर्शन जापानमा हुनेछ । निर्माता तथा अभिनेता रमेश उप्रेती फिल्म लिएर यसै साता जापान उड्दैछन् । रमेशका अनुसार, फिल्मको पहिलो शो नोभेम्वेर १९ मा हुनेछ ।
 
जापानवासी नेपालीले ‘ऐश्वर्य’लाई पहिलो पटक नोभेम्बर १९ तारिख आईतवारका दिन टोकियोस्थित नाकानो जेरो हलमा हेर्न पाउनेछन् । टोकियोसँगै यो फिल्म तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य प्रमुख शहरहरुमा पनि प्रदर्शन हुँदैछ । 
 
‘तिमी रोएको पल’ बोलको गीतका कारण पनि चर्चामा रहेको ‘ऐश्वर्य’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । यो फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ ।