मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘फुर्के’को फष्टलुक

फिल्मीखबर, काठमाण्डौ, 2017/11/14
 
भद्र भुजेल निर्देशित फिल्म ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । फिल्म प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक सञ्जाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् । फष्टलुक अनुसार फिल्ममा कमेडी शैलीको कथा रहेको अुनमान लगाउन सकिन्छ ।
 
फिल्मको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् । दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ । 
 
देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको फिल्मको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।
 
नबिन पन्तको लेखन, बिष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । सुनिल मानन्धरले बितरण गर्ने यो फिल्म १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ ।