मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘म नारीवादी हुँ तर पुरुष विरोधी होइन’ - विद्या

एजेन्सी, मुम्बई, 2017/11/13
 
यस हप्ताको सुरुवातमा ‘आउटलुक बिजनेस वीमेन अफ वर्थ अफ द ईयर’ पुरस्कारबाट सम्मानित बलिउड अभिनेता विद्या बालनले आफू नारीवादी भएपनि पुरुष विरोधी नभएको बताएकी छिन् ।
 
विद्याले भनिन्, ‘म यस्तो व्यक्ति हुँ, जो यो मान्ने गर्छ कि एक महिलाले त्यस्तै जिन्दगी जिउनु पर्छ, जसरी पुरुष जिउने गर्छन । आफैंलाई निरन्तर महत्व दिनु चुनौती हो र तपाईले लगातार यो कुराले आफैंलाई याद दिलाउनु पर्छ, किनभने तपाईलाई यसको बानी छैन । म जतिधेरै आफूलाई स्थान दिन्छु, त्यतिधेरै खुसी प्राप्त गर्दछु । म जतिधेरै खुसी रहनेछु, त्यतिधेरै मेरो आसपासको दुनियाँ पनि खुसी रहनेछ ।’ 
 
विद्या चाँडै फिल्म ‘तुम्हारी सुलु’मा देखिँदैछिन् । यो फिल्म १७ नोभेम्बरबाट प्रदर्शन हुँदैछ । विद्या यो समय फिल्मको प्रमोशनमा व्यस्त छिन् । फिल्मको प्रमोशनको क्रममा विद्या गुजरातको एक उत्सवमा सहभागी भएकी थिइन्, जहाँ उनी पीएम मोदीको स्पेशल बुलेटप्रुफ टेन्टमा बसेकी थिइन् ।