मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘कृ’पछि अनमोल गर्दैछन् यो फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2017/11/13
 
यस वर्ष कुनै फिल्मको व्यापक प्रतिक्षामा भैरहेको छ भने त्यो हो, अनमोल केसी स्टारर फिल्म ‘कृ’ । बारम्बार प्रदर्शन मिति घोषणा गर्दै पोष्टपोन्ड भएको ‘कृ’ अब माघ २६ गते प्रदर्शनमा आउने अन्तिम तयारीमा छ । डेढ वर्षपछि पर्दामा फर्किन लागेका कारण पनि युवा स्टार अनमोलको यो फिल्म फ्लोरमा जानु अगाडि देखिनै प्रतिक्षीत बनेको थियो । 
 
‘कृ’को यतिबेला नेपालको धम्पुसमा छायांकन भैरहेको छ । स्रोतका अनुसार, ‘कृ’का लागि माघ २६ गते अनमोल केसी आफैले रोजेको मिति हो । उनी यो फिल्म प्रदर्शन भएलगत्तै आफ्नै होम प्रोडक्शनको नयाँ फिल्ममा व्यस्त हुँदैछन् । द सुपर काजोल फिल्मस्को ब्यानरमा नायक भुवन केसीले निर्माण गर्ने अनटाइटल प्रोजेक्टमा अनमोल केसी मुख्य भूमिकामा देखिँदैछन् । ‘कृ’ पनि भुवनले निर्माता सुवास गिरीसँग मिलेर निर्माण गरेका हुन् । 
 
प्राप्त जानकारी अनुसार, अनमोलको नयाँ फिल्मलाई 'ऐश्वर्य' फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने पक्का भैसकेको छ । यसअघि भुवन निर्देशित तथा अनमोल अभिनीत फिल्म 'ड्रिम्स'मा दीवाकरले सह-निर्देशक भएर काम गरेका थिए । यो फिल्मको कथा चर्चित स्क्रिप्ट राईटर सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा लेखक तिमल्सिनाले भने, ‘अनमोललाई दर्शकले फेरि एकपटक नयाँ गेटअपमा देख्नपाउनु हुनेछ । फिल्मको कथा विल्कुलै फरक छ । म आफैं नै फिल्मको कथाबाट सन्तुष्ट छु ।’ यसअघि उनले 'ए मेरो हजुर २', 'ड्रिम्स', 'नाई नभन्नु ल ४' लगायतका फिल्मको कथा लेखिसकेका छन् ।
 
‘कृ’ रिलिज भएलगत्तै अनमोलले फागुन दोस्रो साताबाट नयाँ फिल्मको काम सुरु गर्ने बताइएको छ । फिल्मको नाम केहीदिन भित्रै चलचित्र विकास बोर्डमा दर्ता गराउने निर्माण पक्षको तयारी छ । अनमोल आफ्नो नयाँ फिल्मको कन्सेप्टबाट निकै उत्साहित छन् ।