मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा कमजोर बन्दै दयाहाङ

फिल्मीखबर, काठमाण्डौ, 2017/11/13
 
आफूले पाएको जुनसुकै भूमिकालाई पनि न्यापूर्वक निर्वाहा गर्न सक्ने कुशल अभिनेता हुन्, नायक दयाहाङ राई । 'लुट'मा गोफ्लेको चरित्रबाट रातारात चर्चामा आएका दयाहाङको हातमा अहिलेसम्म फिल्मको कमी छैन । फिल्म सफल हुन वा असफल, दया भने सधै व्यस्त । उनको खातामा 'लुट', 'लुट २', 'कबड्डी', 'कबड्डी कबड्डी' लगायतका केही फिल्म मात्र हिट छन् । 
 
राम्रो ब्यानर र उत्कृष्ट कथावस्तुभन्दा पनि अफर आए फिल्म नछाड्ने बानीले अहिले दयाहाङको क्रेज गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘ओराली लागेको हरिणको चाल भो’ गीतझैँ भएको छ । 'नागबेली', 'सम्बोधन', 'हाउ फन्नी', 'घामपानी', 'पुरानो डुङ्गा', 'लोफर', 'झुम्की', 'लप्पन छप्पन', 'लाल्टिन' लगायतका फिल्मबाट दयाको क्रेज पछिल्लो समय दयनिय बनेको छ । 
 
केहीवर्ष अगाडिसम्म बक्स अफिसका हिट मेसिन भनिने दया अहिले एक हिट फिल्मका लागि न्यास्रिएका छन् । दयाहाङलाई दर्शकले अहिलेका राजेश हमाल समेत भन्ने गरेका छन्, किनकी उनी अभिनीत फिल्मका पोेष्टर केही वर्षयता प्रत्येक हप्ता जसो नै भित्तामा टाँसिने गर्छन् । दयाहाङ अभिनीत फिल्म 'तान्द्रो' यही हप्ताको शुक्रवार प्रदर्शनमा आएको थियो । 
 
वास्तविक घट्नामा निर्माण भएको यो फिल्मबाट दयाहाङ दर्शकको मन जित्नेमा ढुक्क थिए तर 'तान्द्रो'को टिकटमा पनि धमिरा लाग्यो । प्रत्येक फिल्मबाट अभिनयको तारिफ पाएपनि केही वर्षयता दयाका फिल्म बक्स अफिसमा पछारिनुले उनको अगाडि अहिले चुनौतीको पहाड खडा भएकोे छ । अब उनी अभिनीत 'ह्याप्पी डेज', 'कान्छी' र 'मिष्टर झोले' यसै वर्ष प्रदर्शनमा आउने तयारीमा छन् । आशा गरौं, यी फिल्मले दयाहाङलाई राहतको सास फेर्न दिनेछन् ।