मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो हप्तामा ‘फाटेको जुत्ता’, निर्माताले दर्शकलाई बाँडे जुत्ता

फिल्मीखबर, काठमाण्डौ, 2017/11/12
 
कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘फाटेको जुत्ता’ले पहिलो हप्ता २ करोड कलेक्सन गरेको निर्माता अर्जुन कुमार बताउँछन् । पहिलो हप्तामै फिल्मले लगानी सुरक्षित गरेको भन्दै निर्माता अर्जुनले ‘फाटेको जुत्ता २’ निर्माण घोषणा गर्दै पत्रकारमाझ सक्सेस पार्टीको समेत आयोजना गरिसकेका छन् । 
 
शनिवार नायक सौगात मल्लसहित फिल्मको टीम दर्शकको बाक्लो उपस्थिति रहने काठमाडौंको गोपीकृष्ण हल पुगेको थियो । नायक मल्लले फिल्मलाई सफल बनाउन साथ दिने दर्शकलाई धन्यवाद दिँदै केहीबेर सेल्फीमा रमाए । यस्तै, निर्माता अर्जुन कुमारले फिल्मको प्रमोशनमा साथ दिएको गोल्डस्टार कम्पनीको १५० जोर नयाँ जुत्ता दर्शकलाई बाँडे । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै अर्जुनले दोस्रो हप्तामा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको बताए । 
 
 
उनले भने, ‘पहिलो हप्ता जस्तै दोस्रो हप्तापनि फिल्मको व्यापार राम्रो छ । मोफसलमा खासै राम्रो छैन तर काठमाडोंका सिंगल र मल्टिप्लेक्स हलमा फिल्म हेर्ने दर्शकको घुईचो उत्साहजनक छ । दर्शकको यही साथ र मायाको कारण नै मैले ‘फाटेको जुत्ता २’ घोषणा गरेको हुँ ।’ ‘फाटेको जुत्ता’मा सौगातसहित प्रियंका कार्की, कामेश्वर चौरासिया, अनोज पाण्डे, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका निर्देशक निकेश खड्का हुन् । 
 
बैशाख १ गतेलाई प्रदर्शन मिति ताक्दै अर्जुनले घोषणा गरेको फिल्म ‘फाटेको जुत्ता २’मा सौगात मल्ल, कामेश्वर चौरासिया दोहोरिए पनि प्रियंका भने बाहिरिएकी छिन् । यो फिल्मलाई पनि निकेशले नै निर्देशन गर्दैछन् ।