मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीप र साम्राज्ञीले गर्दैछन् ‘भैरवी’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/12
 
नेपाली फिल्म मनपराउने आम दर्शक यो चाहन्छन् कि अब पर्दामा नायक प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी बाँधियोस् । 'ड्रिम्स' र 'ए मेरो हजुर २' बाट हिट नायिकाको रुपमा आफूलाई प्रमाणित गरेकी साम्राज्ञी र 'प्रेमगीत' र 'प्रेमगीत २' बाट स्टार बनेका प्रदीपको जोडी अन्ततः फिल्म ‘भैरवी’मा बाँधिने कन्फर्म भएको छ । 
 
करीब २ महिना अगाडि नै यो जोडीले फिल्म ‘भैरवी’ साइन गरिसकेका छन् । 'कृ' निर्माण गरिरहेका सुवास गिरी यो फिल्मका निर्माता हुन् भने 'क्लासिक' फेम निर्देशक दिनेश राउतले ‘भैरवी’ निर्देशन गर्दैछन् । एकपछि अर्को लभस्टोरी फिल्मबाट दिनेशले आफूलाई अब्बल निर्देशकको रुपमा सावित गरिसकेका छन् । 
 
स्रोतले दिएको जानकारी अनुसार, प्रदीपले फिल्म साइन गरिसकेपनि साम्राज्ञीसँग भने औपचारिक सम्झौता भैसकेको छैन । नायक आर्यन सिग्देलको अभिनय र निर्माणमा बन्न लागेको फिल्म ‘कायरा’मा काम गरेपछि साम्राज्ञीले ‘भैरवी’ गर्ने निर्माण पक्षलाई मौखिक जानकारी दिएकी छिन् । प्रदीपले आफ्नो नयाँ प्रोजेक्ट 'लिलिविली'को छायांकन सकाएपछि यो फिल्मलाई समय दिनेछन् । 
 
बैशाख अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने निर्माण टीमको तयारी छ । यो लभस्टोरी र पिरियड ड्रामा फिल्म हो । अहिले फिल्मको स्क्रिप्ट लेखन कार्य धमाधम भैरहेको छ । फिल्मलाई ठूलो क्यानभासमा खिचिनेछ । साम्राज्ञी र प्रदीपको यसअघि नै फिल्म 'ए मेरो हजुर २' मा जोडी बाँधिने चर्चा थियो । 
 
केही महिना अगाडि फिल्म 'प्रेमगीत २' को सक्सेस पार्टीमा प्रदीपलाई शुभकामाना दिन साम्राज्ञी पनि पुगेकी थिइन् । त्यसबेला नै प्रदीप र साम्राज्ञी सँगै फिल्ममा काम गर्न लागेको खबर गाइँगुइँ चलेको थियो । प्रदीप र साम्राज्ञीको ‘भैरवी’लाई अर्को वर्षको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ ।