मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिंगल हलमा ‘मेला’को सुखद व्यापार

फिल्मीखबर, काठमाण्डौ, 2017/11/12
 
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘मेला’ ले विकेन्डमा सुखद व्यापार गरेको निर्माता हरि पन्तले जानकारी दिएका छन् । मल्टिप्लेक्समा खासै राम्रो व्यापार गर्न नसकेको यो फिल्मले सिंगल हलमा भने दर्शकको साथ राम्रो पाएको छ । 
 
शुक्रबार सिंगल हलमा सुखद ओपनिङ गरेको ‘मेला’ले शनिबार काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, कंलकी, गुण लगायतका हलमा सुखद कमाई गर्‍यो । शनिबार फिल्मका मुख्य अभिनेता आमेष भण्डारी गोपिकृष्ण हलमा दर्शकसँग सेल्फी खिच्नमै व्यस्त रहे । 
 
निर्माता हरि पन्तले ‘मेला’ले बाजी मारेको बताए । बसन्त निरौला निर्देशित यो फिल्म २ दिन चल्नुमा अभिनेता सलोन बस्नेतको क्रेज र गीत-संगीतलाई नै मुख्य आधार मानिएको छ । आइतबारबाट फिल्मले गर्ने व्यापारले यसको लाइफ टाइम व्यापारको आँकलन हुनेछ । 
 
निर्माता हरि पन्तले भने–‘म फिल्मको व्यापारबाट निकै खुशी छु । दर्शकले फिल्म मन पराइदिनु भएको छ ।’ फिल्मको कमेडी पाटो र समाजमा हुने गरेका घटनलाई प्रस्तुत गरिएको शैलीलाई दर्शकले मन पराएका छन् । फिल्ममा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ ।