मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृ’ र ‘कान्छी’ भिडन्त : जुध्लान् कि हट्लान् ?

मनिष अन्जान, काठमाण्डौ, 2017/11/11
 
यतिबेला नेपाली सिनेवृत राम्रै तरंगीत बनेको छ । कारण हो, माघ २६ को महासंग्राम । सम्भवतः यस वर्षको सबैभन्दा ठूलो भिडन्त यो मितिमा हुँदैछ । अनमोल केसी स्टारर फिल्म ‘कृ’ र दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’ माघ २६ गते एकसाथ प्रदर्शनमा आउँदैछन् । पटक-पटक प्रदर्शन मिति घोषणा गर्दै पोष्टपोन्ड भएको ‘कृ’ अब यो मितिबाट पछाडि नहट्ने तयारीमा छ । 
 
यस्तै, ‘कान्छी’ले माघ २६ लाई प्रदर्शन मिति घोषणा गर्दै एक लोक लयको गीत समेत सार्वजनिक गरिसकेको छ । २ दिन अगाडि मंसिर पहिलो साता ‘कृ’को ट्रेलर सार्वजनिक गर्ने भन्दै निर्माता सुवास गिरीले फेसबुकमार्फत फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेका थिए । तर, फिल्म ‘कान्छी’की निर्मात्री तथा नायिका श्वेता खड्काले ‘कृ’को औपचारिक रुपमा प्रदर्शन मिति घोषणा नगरिएको भन्दै दर्शकलाई निराश नहुन फेसबुकमार्फत आग्रह गरेकी छिन् । 
 
‘कृ’ र ‘कान्छी’को भिडन्त एकै मितिमा हुने भएपछि अहिले विभिन्न प्रश्नहरु जन्मिएका छन् । के ‘कृ’सँग ‘कान्छी’ जुध्ला ? ‘कान्छी’ले पहिला नै प्रदर्शन मिति घोषणा गरेकाले के ‘कृ’ आउनु उचित होला ? यी र यस्ता खालका बहसले अहिले नेपाली बजारमा भूकम्प ल्याएको छ । यसअघि अनमोल केसीका फिल्मसँग जुध्दा नेपाली र बलिउड फिल्मले पानी समेत भन्न पाएका थिएनन् । यसकारण पनि ‘कान्छी’को प्रदर्शन मिति फेरबदल हुन सक्ने चलचित्रकर्मीहरुको अनुमान छ । 
 
‘कान्छी’लाई मात्र होइन फागुन ४ गते प्रदर्शनमा आउन लागेको छविराज प्रोडक्शनको फिल्म 'मंगलम'लाई समेत ‘कृ’ले धक्का दिँदैछ । अनमोलका फिल्मले दुई हप्ता सिंगल र मल्टिप्लेक्समा एकलौटी वचश्र्व जमाउँदै आएका छन्, यसकारण पनि 'मंगलम'को फेरि प्रदर्शन मिति पोष्टपोन्ड हुन सक्ने सम्भावना बढी छ । यसअघि 'मंगलम' 'छक्का पन्जा २' सँग जुध्न तयार भएको थियो । 
 
अनमोलको ‘कृ’ रिलिज घोषणा नहुँदा धेरै निर्माताले आफ्नो फिल्म रिलिज गर्न सकिरहेका छैनन् । युवा पुस्तामाझ बलियो क्रेज बोकेका अनमोल झण्डै डेढ वर्षपछि पर्दामा फर्किएका कारणले पनि ‘कृ’ दर्शकमाझ प्रतिक्षीत छ । ‘कृ’का लागि अनमोलले २० लाख पारिश्रमिक लिएका थिए । अब हेर्न यो बाँकी छ कि माघ २६ गते ‘कान्छी’ र ‘कृ’को महासंग्राम होला वा रोकिएला ? यदी रोकिएन भने यी दुई फिल्मको भिडन्त हेर्न लायककै हुनेछ ।