मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब गेष्ट रोल गर्दिन : विल्सन

फिल्मीखबर, काठमाण्डौ, 2017/11/11
 
हास्यटेलिश्रृखला 'मेरी बाँस्सै'मा 'तक्मे बुढा'को भूमिका निर्वाहा गरेपछि रातारात चर्चामा आएका हास्यकलाकार विल्सन विक्रम राई नेपाली फिल्मको पर्दामा पनि धेरै पटक देखिसकेका छन् । 'वडा नम्बर ६' मा नायक दयाहाङ राईकी श्रीमति भगाएका विल्सनले अब फिल्ममा अतिथी भूमिकामा काम नगर्ने बताएका छन् । राजधानीमा फिल्म 'ड्रिम गर्ल'को निर्माण घोषणा कार्यक्रममा राईले यस्तो उद्घोष गरेका हुन् । 
 
उनले भने, ‘मलाई गेष्ट अपिरेन्सको त राजदुत नै बनाइयो । केही वर्षयता धेरै फिल्ममा मैले गेष्ट रोलमा काम गरेको छु । मैले कहिले पनि पैसाका लागि फिल्ममा काम गरिन् । नेपाली फिल्मको विकास र उन्नतीका लागि म आफ्नो जीवन दिने मान्छे हुँ । यही क्षेत्रमा केही गर्छु भनेर आएको हुँ । मेरो कारण हलसम्म धेरै दर्शक त आउनुहुन्न होला तर जति आउनुहुन्छ उहाँहरु मेरो भूमिकाबाट निराश बन्नुहुन्छ ।’ 
 
भावुक स्वरमा उनले अगाडि थपे, ‘मेरो भूमिका त फिल्मको ट्रेलरमै सबै देखाइन्छ । फिल्म गर्दा लामो सिन हुन्छ तर फिल्म रिलिज हुँदा दर्शकले मलाई राम्रोसँग चिन्न पनि पाउँदैनन् । मैले निर्णय लिएको छु कि अब म गेष्ट रोलमा काम गर्दिन ।’ उनले 'ड्रिम गर्ल'मा आफ्नो राम्रो भूमिका भएका कारण काम गर्न लागेको बताए । विल्सन विक्रम राई अभिनीत फिल्म 'सकस' शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ ।