मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा सलमानसँग भिड्दैछिन् ऐश्वर्या

फिल्मीखबर, काठमाण्डौ, 2017/11/11
 
बक्स अफिसमा बलिउडस्टार सलमान खानको फिल्म रिलिज हुँदैछ भने उनीसँग भिडन्त गर्न जो कोही डराउँछन् । तर, अर्को वर्षको ईदमा सलमानसँग अरु कोही होइन उनकी एक्स गर्लफ्रेण्ड अर्थात्, ऐश्वर्या राय भिड्न तयार भएकी छिन् । 
 
ऐश्वर्याको फिल्म 'फन्ने खान' अर्को वर्षको ईदमा आउने लगभग पक्का भैसकेको छ भने सलमान अभिनीत फिल्म 'रेस ३' पनि यही मितिमा रिलिज हुँदैछ । 'रेस ३' को छायांकन सुरु भैसकेको छ, जसमा सलमानसहित ज्याकलीन फर्नान्डिस, डेजी शाह, पूजा हेगडे र बबी देओल मुख्य भूमिकामा छन् । यो फिल्मलाई रेमो डिसूजाले निर्देशन गर्दैछन् । 
 
ऐश्वर्या रायले केही समय अगाडि नै 'फन्ने खान'को सुटिङ थालेकी थिइन् । यो फिल्मका को-प्रोड्यूसर राकेश ओमप्रकाश मेहरा हुन् र फिल्मलाई अतुल मान्जरेकरले निर्देशन गरिरहेका छन् । यसमा ऐश्वर्याका अलावा अनिल कपूर र राजकुमार राव पनि मुख्य भूमिकामा छन् । 'फन्ने खान'का मेकर्सले यो फिल्मलाई अर्को वर्षको ईदमा प्रदर्शन गर्ने अन्तिम निर्णय गरेका छन् । 
 
मेकर्सबाट प्राप्त जानकारीमा भनिएको छ, ‘हामीले २०१८ को ईदमा 'फन्ने खान' रिलिज गर्ने फैसला गरेका छौ । यस्तो फैसला यसकारण लिइएको हो, किनकी अनिल कपूरले निर्वाहा गरेको 'फन्ने खान' एक मुस्लिमको भूमिका हो । यसैकारण यो फिल्मको रिलिज ईदभन्दा बाहेक अरु दिन राम्रो हुन सक्दैन ।’ 
 
बक्स अफिसमा धेरै फिल्मको भिडन्त परेको छ तर सलमान र ऐश्वर्या रायको भिडन्त हेर्न यी दुवै स्टारका फ्यानलाई निकै रोमाञ्चिक हुनेछ ।