मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बटरफ्लाई’ गीतमा आर्यनसँग हट प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2017/11/10
 
नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की स्टारर फिल्म ‘बटरफ्लाई’ (कलर अफ लाइफ)को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका विच फिल्ममा समावेश ‘म गाउँदिन अब गीत’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । आफ्नो मनछुने शब्द र संगीतले चर्चित संगीतकार अर्जुन पोखरेलले गीतलाई गज्जबकै फूलबुट्टा भरेका छन् ।
 
कालिञ्चोक, मुडे लगायतका ठाउँहरुमा खिचिएको भिडियोले आँखालाई शितलता प्रदान गर्छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा आर्यन र प्रियंका एकअर्काको बयान गर्दैछन् । चिसो मौसममा पनि प्रियंकाको पहिरन निकै खुलेको छ । छायाँकार सुरेश बज्रचार्यको काम भिडियोमा उत्कृष्ट देख्न सकिन्छ । 
 
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । आउँदो पौष २८ मा रिलिज हुने यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
 
गीत हेर्नुहोस् :-