मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’की दीपिकाले मनाइन् ‘ह्याप्पी बर्थ डे’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/10
 
यस वर्षको हिट फिल्म ‘ऐश्वर्य’की लिड हिरोइन दीपिका प्रसाईँले आफ्नो जन्मदिन मनाएकी छिन् । बिहीवार फिल्मको टीम, आफन्त र सञ्चारकर्मीसँग उनले आफ्नो २२ औं जन्मदिनको केट काटेकी हुन् । 
 
 
दीपिकाको जन्मदिनसँगै ‘ऐश्वर्य’ टीमले सफलताको केक पनि काट्यो । दीपिकालाई जन्मदिनको शुभकामना दिन निर्माता तथा अभिनेता रमेश उप्रेती, निर्देशक दिवाकर भट्टराई, निर्माता तथा कलाकार अर्जुन श्रेष्ठ, निर्मल शर्मा, संगीतकार अर्जुन पोखरेल, कलाकार तेञ्जु योञ्जन लगायत उपस्थित थिए । 
 
 
‘ऐश्वर्य’बाट संभावना बोकेकी नायिकाको रुपमा हेरिएको दीपिकालाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहदेखि नायक भुवन केसीसम्मले तारिफ गरेका थिए । दर्शकले पनि दीपिकाको अभिनयलाई निकै रुचाएका छन् । 
 
 
रमेश उप्रेतीसँग पर्दामा रोमान्स गरेकी यी नायिकाको पहिलो फिल्मबाटै हिट नायिका बन्ने सपना पुरा गरेको छ । आशा गरौं, बलिउडमा दीपिका पादुकोणको झैँ नेपाली फिल्ममा दीपिका प्रसाईँको फिल्मी यात्रा सुखद रहनेछ । 
 
 
‘फिल्मीखबर डटकम’ परिवारको तर्फबाट व्युटिफूल एन्ड बोल्ड नायिका दीपिका प्रसाईँलाई जन्मदिनको शुभकामना ।