मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सडक २’ मा सिद्धार्थ र आलियाको जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/11/10
 
केहीदिन अगाडि खबर आएको थियो कि सञ्जय दत्त र पूजा भट्ट वर्ष १९९१ मा आएको फिल्म 'सडक'को रिमेकमा देखिनेछन् । यस्तै, अब सोर्सको खबर मान्ने हो भने यो सिक्वेलमा एक नयाँ र योङ कपललाई पनि कास्ट गरिनेछ । यो फिल्मको सेकेण्ड लिडमा सिद्धार्थ मल्होत्रा र आलिया भट्ट हुनेछन् । 
 
यसअघि सिद्धार्थ-आलिया, मोहित सूरीको निर्देशनमा बन्न लागेको फिल्म 'आशिकी ३' मा काम गर्ने चर्चा थियो । तर, यो फिल्म केही समयका लागि होल्ड गरिएको छ । यसैकारण यो जोडीले ‘सडक २’ मा काम गर्न लागेका हुन् । यो फिल्मका लागि निर्देशक फाइनल भएका छैनन् । 
 
कलाकार छनौट प्रक्रिया सकिएपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । यदी सिद्धार्थ-आलियाले ‘सडक २’ गरे भने उनका फ्यानका लागि यो निकै खुसीको कुरा हुनेछ । यो जोडी पछिल्लो समय रिलेशनशिपमा रहेको चर्चा पनि खुब छ । यसअघि सिद्धार्थसँग आलियाले 'स्टुडेन्ट अफ दि ईयर'मा काम गरेकी थिइन् ।