मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा चार फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2017/11/10
 
शुक्रबारदेखि चार नेपाली फिल्म रिलिज भएका छन्। बसन्त निरौला निर्देशित ‘मेला’, साम्तेन भुटियाको ‘तान्द्रो’, शंकर कार्की निर्देशित ‘रोमियो’ र एनवी महर्जनको  ‘सकस’ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन्। 
 
संभवतः यस वर्षको यो सबैभन्दा ठूलो भिडन्त हो । 'तान्द्रो' बाहेक अन्य तीन फिल्म सिंगल हल लक्षित फिल्म हुन् । हरि पन्तको लेखन रहेको फिल्म ‘मेला’का उनी आफै सह–निर्देशक तथा प्रस्तुतकर्ता हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’मा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । 
 
फिल्ममा अष्ट महर्जनको द्धन्द्ध र हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ । यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । ‘मेला’ नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदैछ । फिल्मको भारत प्रदर्शनको जिम्मा भोजपुरी स्टार परदेशी शाहले लिएका छन् । 
 
हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका रहेको फिल्म ‘रोमियो’ले त्रिकोणात्मक प्रेम कथालार्इ उठान गरेको छ । फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । 
 
‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको ‘रोमियो’ एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको हो । फिल्मका सह–निर्माता बिष्णु कार्की हुन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् । 
 
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । 
 
राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित यो फिल्ममा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मको कथा मौनत श्रेष्ठको हो । 
 
प्रेम र एक्सन पस्किएका यी तीन फिल्मसँग ‘तान्द्रो’ले तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई पर्दामा देखाउन खोजेको छ । फिल्ममा दयाहाङ राईको मुख्य भूमिका छ । वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो ।
 
उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कमरेड कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् । 
 
यो फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ ।