मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाशले भेटे ‘ड्रिम गर्ल’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/09
 
'म त तिम्रै हुँ' फिल्मबाट नेपाली रजतपटमा भित्रिएका नायक आकाश श्रेष्ठले आफ्नो ‘ड्रिम गर्ल’ भेटेका छन् । रियलमा नसम्झनुस्, रिलमा आश्मा गिरी उनको ‘ड्रिम गर्ल’  हुन् । खासमा, आकाश र आश्माले फिल्म ‘ड्रिम गर्ल’ मा एकसाथ काम गर्दैछन् । यो फिल्मको बिहीवार राजधानीमा एक कार्यक्रमका विच औपचारिक निर्माण घोषणा गरियो । 
 
भारतीय फिल्म निर्माण कम्पनी रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा आर. बि. मुभिको ब्यानरमा निर्माण हुन लागेको ‘ड्रिम गर्ल’ लाई 'सुन्तलीलाई भगाई लग्यो झिल्केले' फेम निर्देशक ऋषिराज आचार्यले निर्देशन गर्दैछन् । अर्जुन शर्मा र ऋषिराज आचार्य फिल्मका निर्माता हुन् । 
 
फिल्ममा आकाश र आश्माका अलावा सरोज खनाल, विल्सन विक्रम राई, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मको निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक आचार्यले ‘ड्रिम गर्ल’ लाई राम्रो बनाउन सक्दो मिहिनेत गर्ने बताए । यस्तै, नायक आकाश खड्काले ‘ड्रिम गर्ल’ ले आफ्नो ड्रिम पुरा गर्ने विश्वास व्यक्त गरे । 
 
नेपालको रारा ताल, मुस्ताङसँगै दुवई र कतारमा पनि फिल्मको छायांकन हुनेछ । फिल्मलाई शुभकामना दिन निर्देशक शम्भु प्रधान, निर्मात्री तथा लेखक नुतन प्रधान, संविधानविद् डा. भिर्माजुन आचार्य, डिसिएनका अध्यक्ष अशोक शर्मा लगायतका व्यक्ति पुगेका थिए । 
 
तश्वीर : मिलन ढुंगाना