Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

पाइरेसी भयो ‘लुट २’ र ‘कालो पोथी’

फिल्मीखबर, काठमाण्डौ, 2017/11/09
 
फिल्म ‘लुट २’ र ‘कालो पोथी’ पाइरेसीको शिकार भएका छन् । 'वाच मुभी अनलाइन' फेसबुक पेजबाट ‘लुट २’ र ‘कालो पोथी’ पाइरेसी भएका हुन् । पाइरेसीको खबर सर्वत्र फैलिएपछि ‘लुट २’ फेसबुक पेजबाट हटाइएको छ तर ‘कालो पोथी’ भने अझै हजारौ दर्शकहरुले हेरिरहेका छन् ।
 
यी दुवै फिल्म युट्युबमा आएका छैनन् । ‘लुट २’ विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन हुन बाँकी छ भने ‘कालो पोथी’ अझैपनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन भैरहेको छ । 'लुट' निर्देशक निश्चल बस्नेतले फिल्म पाइरेसी गर्ने व्यक्ति पक्राउ परेको र कारबाही गरिने बताए । 
 
यस्तै, 'कालो पोथी'का निर्देशक भीम बहादुर भामले आफूलाई इन्टरनेट रिलिजको सम्बन्धमा कुनैपनि जानकारी प्राप्त नभएको बताए । फेसबुकमा ‘लुट २’ अपलोड भएको थियो भने ‘कालो पोथी’ 'फ्रि वाच मुभी अनलाइन' ब्लगमा अपलोड गरिएको छ । 
 
 
 
 ‘लुट २’
 
 ‘कालो पोथी’
 
यसअघि 'ड्रिम्स', 'प्रेमगीत', 'छक्का पन्जा', 'पशुपति प्रसाद', 'कबड्डी कबड्डी', 'कोहिनूर' लगायतका फिल्म पनि पाइरेसीको शिकार भएका थिए । 'छक्का पञ्जा' पाइरेसी गर्ने व्यक्ति कृष्ण सुवेदीले आत्महत्या नै गरेका थिए । नेपालका अधिकांश प्रतिक्षीत फिल्महरु पाइरेसी हुँदै आएको रिपोर्ट छ । 
Most Visited News (monthly)